आज वर्षा र हिमपातको सम्भावना, यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

चैत ११, काठमाडौं । आज देशको पहाडी तथा हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा स्थानीय वायूको प्रभाव रहेकाले मौसम बदली भएको हो ।   

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी पहाडी मध्य र पूर्वमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान :- 

null

चैत्र११गते (मंगलबार) 

दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआंशिक देखि सामान्य बदलीरहनेछ । पश्चिमि पहाडि  भू-भागका थोरै स्थानहरूमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । 

रातीः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआंशिक बदलीरहनेछ । देशकोपश्चिमि पहाडिभू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । 

चैत्र१२गते (बुधबार) 

दिउँसोः देशको मध्य र पुर्वि भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमाआँशिकबदलि हुने देखिन्छ । पुर्व र मध्यका पहाडि  भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

रातीः देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमाआंशिक बदलीरहनेछ।पूर्वी र मध्यभू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य  हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । 

चैत्र१३गते (बिहिबार) 

दिउँसोः देशको पश्चिमि भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमाआँशिकबदलि हुने देखिन्छ। पश्चिमि पहाडि  भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

रातीः देशको पश्चिमि भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमाआँशिकबदलि हुने देखिन्छ। पश्चिमि पहाडि  भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *