उपराष्ट्रपति पुनद्वारा सार्वजनिक कार्यक्रम स्थगित
२०७६ फागुन १९ गते

फागुन १९, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित प्रकोपलाई दृष्टिगत गर्दै निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगित गरेका छन् । पुनले आउँदा दिनका सार्वजनिक कार्यक्रममा पनि सहभागी नहुने भन्दै आइतबार नै निजी सचिवालयलाई निर्देशन दिएका थिए।
उनकोको निर्देशन अनुसार पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित गरिएको प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।
सरकारले कोभिड–१९ को सम्भावित प्रकोप न्यूनीकरण र सहज अवस्था सिर्जना भएको सार्वजनिक जानकारी नगराएसम्म अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा उपराष्ट्रपति सहभागी नहुने प्रेस संयोजक घर्तीले जानकारी गराए ।
null
पुनले कोभिड–१९ को सम्भावित प्रकोप नियन्त्रणसम्बन्धी सरकारको योजनामा सघाउन सबैलाई अपील गरेका छन् ।
२०७६ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








