जंगलमा घाँस काट्न गएकी महिला मृत फेला
२०७६ फागुन २६ गते

फागुन २६, काठमाडौं । डोटीमा घाँस काट्न गएकी एक महिला मृत फेला परेकी छिन् ।
दिपायल सिलगढी नगरपालिका–९ कलेनामा घर नजिकैको जंगलमा घाँस घाट्न गएकी ४५ वर्षीया राजु कामी मृत फेला परेकी हुन् ।
शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।

२०७६ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित








