राष्ट्रपति भण्डारीद्वारा फागु पूर्णिमाको शुभकामना

फागुन २६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । 

उनले शुभकामना सन्देश जारी गर्दै यस पर्वले सबै नेपालीमा खुसी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी हुन् । रङहरुको पर्वका रुपमा देशैभर उत्साहका साथ मनाइने फागुपूर्णिमा यस वर्ष पहाडी र हिमाली जिल्लामा आज र तराईका जिल्लामा भाेलि (मङ्‌गलबार) मनाइँदैछ । 

राष्ट्रपति भण्डारीले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले समस्त नेपालीबीच सामाजिक सद्‌भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पुर्‌याउनेछ भन्ने विश्वास व्यक्त गरेकी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =