प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गर्दै भारतीय प्रधानमन्त्रीले गरे यस्तो ट्वीट
२०७६ फागुन १९ गते

फागुन १९, काठमाडौँ । गृगौला प्रत्यारोपणका लागि अस्पताल हुन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले समाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना दिएका हुन् ।
मोदीले पशुपतिनाथको कृपा रहोस् भन्ने कामना गर्दै सुस्वास्थ्य, सुख र दीर्घायूको पनि कामना गरेका छन् ।
प्रधानमन्त्री ओली दोश्रो पटक मृगौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुँदै छन् । उनको बुधबार मृगौला प्रत्यरोपण हुने भएको छ ।

२०७६ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








