बलिउड काजोललाई लाग्यो चोरीको आरोप

फागुन २८, भारत ।  बलिउड अभिनेत्री काजोल स्टारर फिल्म ‘देवी’लाई चोरीको आरोप लागेको छ । समाचारअनुसार एसियन एकेडेमी अफ फिल्म एन्ड टेलिभिजनका विद्यार्थी अभिषेक रायले आफ्नो सर्ट फिल्म ‘फोर’सँग देवीको कथावस्तु मिलेको भन्दै चोरीको आरोप लगाएका हुन् । 

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो थिम चारेको आरोप लगाएका छन् । उनले दुई वर्षअघि फिल्मको विद्यार्थी भएका बेला अन्डा करी प्रोडक्सनले सर्ट फिल्म ‘फोर’ बनाएको थिए । फिल्मको मुख्य थिम बलात्कार पिडितको सामना अर्का पीडितहरूसँग हुने गर्छ । फिल्म ‘देवी’ पनि उही कथावस्तुमा आधारित रहेर बनाएको दाबी गरेका छन् । 

उनले लेखेका छन्, ‘हामी विद्यार्थी भएका बेला बनाइएको फिल्ममा पक्कै पनि कमी छ तर त्यो हाम्रो आफ्नो कल्पना थियो । अर्काको आइडियालाई कपी करेर कसैले कसरी आफ्नो आइडिया भनेर दावा गर्नसक्छ रु’ उनले देवीका निर्माताविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । 

प्रियंका बनर्जीको लेखन तथा निर्देशन रहेको फिल्ममा काजोलसँगै नेहा कुलकर्नी, नेहा धुपिया, श्रुति हसन, शिवानी राजवंशी लगायत कलाकारको मुख्य भुमिका रहेको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =