कोरोना संक्रमणबाट स्पेनका फुटबल प्रशिक्षकको मृत्यु

चैत ४, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट स्पेनमा एक फुटबल प्रशिक्षकको मृत्यु भएको छ । महामारीका रुपमा फैलिएको कोरोनाबाट २१ बर्षिया युवा फुटबल प्रशिक्षक फ्रान्सिस्को ग्रासियाको मृत्यु भएको हो । 

कोरोनाका कारण मृत्यु हुने उनी विश्वकै कान्छो उमेरका व्यक्ति भएको विश्वास गरिएको छ तर, आधिकारी पुष्टि भने भएको छैन । ग्रासियाले एटलेटिको पोर्टाडाको युवा टिमलाई २०१६ देखि प्रशिक्षण दिइरहेको बताइएको छ ।   

ग्रासियाको गएको साता कोरोना पोजेटिभ देखिएपछि उपचारको क्रममा आइतबार मृत्यु भएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् । स्पेनले पछिल्लो हप्ता आपतकालिन अवस्थाको घोषणा गरेको थियो । युरोपेली देशमा स्पेन कोरोनाबाट प्रभावित दोस्रो राष्ट्र हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *