कोरोना रोकथामका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन माग

चैत १६, काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा)ले कोरोनाभाइरस रोकथामका लागि तीनै तहमा उच्चस्तरिय राजनीतिक संयन्त्र बनाउन माग गरेको छ। राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले आज विज्ञप्ति निकालेर सो माग गरेका हुन्।   

कोरोना भाइरसरबाट जोगिन र क्वारेन्टाइनलाई अझै व्यवस्थित गर्न जनीतिक दल, विशेषज्ञ, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार महासंघ, उद्योग वाणिज्य महासंघ, नागरिक समाज, सामाजिक संघ संस्था समेतलाई सहभागी गराई नियमित बैठक तीनै तहका सरकारले सञ्चालन गर्न राजपाले माग गरेको छ। सीमाना र विदेशबाट नेपाल आएका र आउने नेपालीहरूका लागि वडास्तरमै क्वारेन्टाइनको व्यवस्था गर्न राजपाको माग रहेको छ।   

‘क्वारेन्टाइनलाई अझ व्यवस्थित बनाउन अत्यावश्यक उपभोग्य सामग्री वडास्तरमै आम नागरिकलाई उपलब्ध गराउने वातावरण बनाइनुपर्दछ। यसले कालो बजारी जस्ता जघन्य अपराधलाई रोक्न समेत मद्धत गर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘क्वारेन्टाइनमा र उपचारमा संलग्न स्वयंसेविका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा गाडीहरूलाई नियमित रूपमा स्यानिटाइज्ड गरिनुपर्छ र त्यस कार्यको निम्ति सरकारले अत्यावश्यक सामग्री तत्काल उपलब्ध गराउनु पर्दछ।’ 

कोरोना भाइरस भीडभाड मै सर्ने भएकाले ६० वर्षभन्दा बढी उमेर भएका कैदी,५\६महिना मात्रै सजाय काट्न बाँकी रहेका कैदी,पुर्पक्षका लागि थुनामा रहेका थुनुवा,राजनीतिक राजबन्दीहरू र सामान्य कसूरमा सजाय भोगिरहेका कैदीहरूलाई प्रक्रिया पुर्‍याएर रिहाई गर्न समेत राजपाले सरकारलाई सुझाव दिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *