कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघ्यो
२०७६ चैत १५ गते

चैत १५, काठमाडौं। कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ। चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस कारण आज बिहानसम्म २७ हजार ३६५ जनाले ज्यान गुमाइसकेका छन्।
चार लाख ३६ हजार ५३४ जना कोरोनाबाट संक्रमित छन् भने यसमध्ये २३ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको छ। चार लाख १२ हजार ९७५ जना उपचार गराइरहेका छन्। एक लाख ३३ हजार ३६३ उपचारपछि घर फर्किसकेका छन्।
कोरोना भाइरस अहिलेसम्म जम्मा पाँच लाख ९७ हजार २६२ जनामा देखिएको छ। कोरोना संक्रमित अहिले सबैभन्दा धेरै अमेरिकामा एक लाख चार हजार २०५ जनामा देखिएको छ। इटलीमा ८६ हजार ४९८ मा देखिएको कोरोना चीनमा ८१ हजार ३९४मा देखिएको छ।

चीनबाट सुरु भएको कोरोनाको संक्रमण नेपालमा पनि चारजनामा देखिएको छ। यसलाई महामारीको रुप धारण गर्न नदिन सरकारले लकडाउन गरेको छ।
२०७६ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित








