एभरेष्ट बैङ्कद्वारा न्यू रोड शाखाको औपचारिक उद्घाटन

फागुन १८, काठमाडौँ । एभरेष्ट बैङ्कले आफ्नो न्यु रोड कम्प्लेक्समा अवस्थित न्यु रोड शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्ता मनि सिवाकोटीले नयाँ शाखा परिसरको औपचारिक उद्घाटन गरेका हुन् ।
समारोहमा डेपुटी गभर्नर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा बफादार ग्राहकहरूलाई संयुक्त रूपमा सम्मानित गरेका छन् ।
चेक डिपोजिट, यूटिलिटी बिल भुक्तानी र एटिएम जस्ता आधुनिक बैङ्किङ सुविधाहरू र ई–लबीमार्फत ग्राहकहरूलाई सहज बैङ्किङ सेवा प्रदान गर्न यो शाखालाई डिजाइन गरिएको छ ।

सो अवसरमा अन्य विशिष्ट अतिथिहरू डा. सन्धिर कुमार, डीजीएम र बैङ्कका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
हल इबीएलको ग्राहक सङ्ख्या १० लाख भन्दा बढी रहेको छ । एभरेष्ट बैङ्क, हालै बेष्ट म्यानेज्ड कमर्सियल बैङ्क २०१९ बाट सम्मानित भएको छ । साथै क्यामल रेटिङ अन्तर्गत बेस्ट कमर्सियल बैङ्क बन्न सफल भएको छ । एभरेष्ट बैक न्यु रोड शाखाको औपचारिक उद्घाटन
बैङ्कले ९५ स्थानीय शाखा, ३ एक्सटेन्सन काउन्टर, ३० राजस्व सङ्कलन काउन्टर, १२३ एटिएम बाट मजबुत सेवा प्रदान गर्दै आएको छ ।








