बुधबार प्रधानमन्त्रीले मृगौला प्रत्यारोपण गर्ने, ‘स्पेनिस फ्लुझैं घातक होला कोरोना, महामारी फैलिए स्वास्थ्य संकटकाल

फागुन १९, काठमाडौं । आज राजधानीबाट प्रकाशित सबै जसो पत्रपत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै मृगौला प्रत्यारोपण गर्न लागेको समाचार प्रकाशित गरेका छन् ।  बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने तयारी छ । ओलीले त्रिवि शिक्षण अस्पतालमै मृगौला प्रत्यारोपण गर्ने छन् ।   

आजको कान्तिपुरले प्रधानमन्त्री ओलीलाई दोस्रो मृगौला दिने ब्यक्तिको विवरण प्रकाशित गरेको छ । ‘जसले दिँदैछिन् प्रधानमन्त्रीलाई मिर्गौला’ शिर्षकमा रिपोर्ट तयार पारिएको छ । समाचार अनुसार झापाकी ३२ वर्षीया ओलीकी भान्जी पर्ने २१ वर्षियाले ओलीलाई मृगौला दान गर्नेछिन् । ओलीलाई उनको मिर्गौला प्रत्यारोपण गर्ने टुंगो मंसिरको दोस्रो साता नै लागेको थियो ।   

नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा लगभग १३ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले अस्वीकार गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका थिए । त्यसपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने अर्को गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण गरिएको थियो  । 

ससुरालीतर्फ नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी र उनको मिर्गौलामा पनि केही समस्या देखिएकाले घरतर्फबाट नाता पर्ने झापाकी महिलाबाट मिर्गौला लिने निष्कर्षमा चिकित्सकहरू पुगेका हुन् ।   

स्रोतका अनुसार भान्जी पर्ने महिलाको दाहिनेतर्फको ‘१०.२ बाई ३.८ सीएम’ आकार रहेको मिर्गौला झिकेर प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिनेछ । उनको देब्रेतर्फको मिर्गौलामा निकै मसिना सिस्ट (फोका) देखिएकाले दाहिने मिर्गौला प्रधानमन्त्रीका लागि उपयुक्त हुने निष्कर्षमा चिकित्सकहरू पुगेको स्रोतको दाबी छ । 

नयाँ पत्रिका दैनिकले पनि ‘ओलीको मृगौला प्रत्यारोपण बुधबार’ शिर्षकमा समाचार प्रकाशित गरेको छ । अन्नपुर्ण पोस्टले ‘प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण पर्सि’ शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । उनी सोमबार अस्पताल भर्ना हुँदै छन् । त्यसका लागि आइतबार बिहान ग्रान्डी अस्पतालमा उनको स्वास्थ्य जाँच गरिएको थियो । अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको बताए ।   

प्रधानमन्त्रीको मुटु, ठूलो आन्द्रा, रगतको जाँच गरिएको थियो । स्वास्थ्य जाँचको रिपोर्ट राम्रो आएपछि आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा चिकित्सकसँग छलफल भएको थियो । पहिलो पटक ओलीको मिर्गौला प्रत्यारोपण २०६४ साउनमा भारतको अपोलो अस्पतालमा गरिएको थियो । त्यस बेला बुहारी नाताकी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन् । पहिलोभन्दा दोस्रो पटकको प्रत्यारोपण अलिक जटिल हुने चिकित्सक बताउँछन् । 

गोरखापत्र दैनिकले पनि प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गर्ने समाचारलाई मुख्य समाचार बनाएको छ । भने, राजधानी दैनिकले पनि यहि समाचार प्रकाशित गरेको छ ।   

यसै आजका पत्रपत्रिकामा कोरोना भाइरसबाट बच्न सरकारले चालेको कार्य योजनाको समाचार पनि प्राथमिकतामा परेका छन् । हिजो स्वास्थ्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आफुले मन्त्रालय संहालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै सरकारले कोरोना भाइरस छिर्न नदिन अपनाएको सावधानी, सचेतना र रोग फैलिइहालेमा उपचारको तयारीका सन्दर्भमा भनेका विषय र हिजै मन्त्रिपरिषद्ले गरेका निर्णय समेत प्रकाशित भएका छन् ।   

नेपाल समाचारपत्रले ‘कोरोना महामारी फैलिए स्वास्थ्य संकटकाल !’ शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ ।   

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रूप लिए देशभर स्वास्थ्य संकटकाल घोषणा गरिने जनाउ दिएका छन् । आफूले उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेको १००औं दिनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो संकेत गरेका हुन् । सरकारले सरकारी र निजी अस्पताललाई समेत कोरोनाबाट बच्न पूर्वतयारीका साथ रहन आह्वान गरी २ महिनादेखि ४३ बेड आइसुलेसन ठीक अवस्थामा राखेको छ । 

यसबाट बच्न सीमा सुरक्षामा समेत विशेष ध्यान दिनुपरेकाले एयरपोर्टमा स्वास्थ्य परीक्षण डेस्क खडा गरी जनशक्ति बढाइएकाले अब जहाज चढ्नुअघि र जहाजबाट उत्रिएपछि स्वास्थ्य परीक्षण गर्ने वातावरण मिलाइएको छ । 

नागरिक दैनिकले ‘स्पेनिस फ्लुझैं घातक होला कोरोना ?’ शिर्षकमा समाचार प्रकाशित गरेको छ । समाचार अनुसार सन् १९१८ मा विश्वमा फैलिएको स्पेनिस फ्लुले ५ करोड मानिसले ज्यान गुमाउनुपरेको थियो । सरुवा रोग ठूलो जोखिमको सबैभन्दा ठूलो उदाहरण त्यतिबेलादेखिको हो । त्यसपछि जनस्वास्वास्थका विज्ञले यसप्रकारको अर्काे ठूलो महामारीका लागि तयार रहन चेतावनी दिँदै आए तर आवश्यक तयारी कहिल्यै गरिएन । 

हाल फैलिएको कोरोना भाइरस पनि त्यहीस्तरको महामारी होला नहोला अहिल्यै भन्न सकिने स्थिति छैन । यो बिस्तारै कमजोर भएर पनि जान सक्छ । अहिलेसम्म अमेरिकामा एकजनाले मात्र ज्यान गुमाएका छन् । चाखलाग्दो कुरा के पनि छ भने अमेरिकामा मौसमी फ्लुका कारणले वर्षेनी हजारौंको मृत्यु हुन्छ । तर केही भइहाल्यो भने हामी तयार हुनुपर्छ भन्ने विज्ञहरुको भनाइ अहिले चर्काे छ । 

‘के हामी सन् १९१८ को पुनरावृत्ति देख्दैछौं,’ खतरालाई अतिशयोक्ति रुपमा बढाइचढाइ नगर्ने न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसनमा लेखिएको छ । धेरै वर्षदेखि महामारीको खतरा रहेको बताउँदै आएका बिल गेट्सले यो महामारीलाई ‘शताब्दीमा एक पटक आउने’ महामारी भनेका छन् । 

कोरोना भाइरसको मृत्युदर २ प्रतिशत मानिएको छ । त्यो मान्दा पनि सन् १९१८ को स्पेनिस फ्लु जत्तिकै यो भाइरस प्राणघातक हुन सक्छ । अर्काे सम्भावना के पनि हो भने धेरै मानिसमा असर नदेखिईकन यो रोगले ग्रसित भएका हुन सक्छन् र त्यतिबेला मृत्युदर कम देखिएको हुन सक्छ । महत्वपूर्ण कुरा के हो भने सन् १९१८ को स्पेनिस फ्लुलाई प्रभावकारी रुपमा सामना गर्न अमेरिका र विश्व तयार थिएन । 

हेर्नुहोस आजका पत्रपत्रिकाका फ्रन्ट पेज 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *