धार्चुलामा अलपत्र नेपालीलाई फर्काउने विषयमा छलफल
२०७६ चैत १७ गते

चैत १७, काठमाडौं। दार्चुलासँग जोडिएको भारतीय सीमा धार्चुलामा अलपत्र नेपालीलाई फर्काउने विषयमा दार्चुला प्रशासनमा छलफल जारी छ।
धार्चुलामा अलपत्र नेपालीलाई फर्काउने र फर्काएपछि क्वारेन्टिनमा राख्ने विषयमा छलफल चलिरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।
कोरोना भाइरसको जोखिमका कारण भारतका विभिन्न सहरबाट फर्किएका नेपाली नेपाल प्रवेश नपाएर सीमा क्षेत्रमा बिचल्ली परेका छन्। नेपाल प्रवेश दिने विषयमा सरकारले कुनै प्रक्रिया अघि नबढाएपछि आइतबारदेखि उनीहरू सीमा क्षेत्रमा नारा जुलुस गरिरहेका छन्।

भारतमा कार्यरत नेपालीहरु भारतबाट आए पनि आफ्नै देशको सिमानामा तीन दिनदेखि रोकिएका हुन्। महाकाली पुलपारी ‘आफ्ना जनता फिर्ता ले, नेपाल नाका खुल्ला गर’ जस्ता नारा लगाइरहेका छन्।
२०७६ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित








