नेपाल लिकर्स र दीपक बज्राचार्य बिच सांगीतिक सहकार्य सम्झौता

फागुन १९, काठमाडौं । नेपाल लिकर्स प्राइभेट लिमिटेड र सुप्रसिद्ध गायक दीपक बज्राचार्यबीच सांगीतिक सहकार्य गर्ने सम्झौता भएको छ । आज (आइतबार) एक कार्यक्रमको आयोजना गरी उक्त दुईपक्षीय सम्झौताबारे जानकारी गराइएकाे हो ।
नेपाली कला, लोक संगीत तथा संस्कृतिको प्रवद्र्धनलाई प्राथमिकता दिँदै अघि बढेको नेपाललिकर्सले विगत लामो समयदेखि गायक बज्राचार्यसँग सहकार्य गर्दै आएको थियो ।
सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरुप नेपाल लिकर्सले गायक बज्राचार्यसँग सहकार्य गरेको हो । उनीसँग काम गर्न पाउँदा उत्साहित भएको र उक्त सहकार्यले नेपाली संगीतको विकास तथा प्रवद्र्धनमा प्रेरणामुलक तथा महत्वपूर्ण भूमिका खेल्ने आयोजक तथा कम्पनीको विश्वास छ ।
कार्यक्रममा नेपाल लिकर्सका कार्यकारी अध्यक्ष तथा नेपाली उद्योगी राजेश विर सिंह तुलाधरले भने, ‘नेपाली गीत संगीत हाम्रो पहिचान हो । नेपाली गीत संगीतको प्रवद्र्धनमा हामी सधैँ सचेत छौँ । आगामी दिनमा पनि यसको उत्थानका लागि सदा सरिक हुनेछौँ ।
नेपाल लिकर्सले नेपालमा एन्टिकुइटी व्लू व्हिस्की, सिग्नेचर प्रिमियम व्हिस्की, सिग्नेचर रियर व्हिस्की, रोयर च्यालेन्ज व्हिस्की, व्लू रिव्याण्ड जिनको उत्पादन गर्दै आएको छ । उत्कृष्ठ कचचापदार्थ तथा उच्च स्तरिय प्रविधीबाट अन्तराष्ट्रिय स्वाद तथा स्टान्डर्डको मदिरा नेपालमा उत्पादन गर्दै आएको छ ।








