एफसी गोर्खा भेट्रान युकेले फुटबल खेलेर सहयोग जुटाउँदै

फागुन ३०, धरान । करिब पाँच बर्षअघि स्थापना भएको एफसी गोर्खा भेट्रान युकेले धरानमा फुटबल खेलेरै समाज सेवामा गर्ने भएको छ । क्लबका सदस्यहरु विभिन्न ठाउँमा च्यारिटी कार्यक्रम मार्फत सहयोग जुटाउँदै धरान आइपुगेका छन् ।   

सहयाेगका लागी भोली शनिबार धरान १६ स्थित रंगशालामा गोर्खा भेट्रान युके र धरान भेट्रान फुटबल क्लबबीच मैत्रीपुर्ण खेल हुनेछ । गोर्खा भेट्रानका १६ जना टोली धरान आएपुगेका हुन् ।   

धरान भेट्रान फुटबल क्लबबाट धरानका मेयर तिलक राई, पूर्वराष्ट्रिय खेलाडी तथा एन्फा प्रदेश १ अध्यक्ष किसोर राई, रोमी मोक्तान, अर्जुन राई, सतिस केसीलगायत मैदानमा उत्रने छन् ।   

यसअघि ताप्लेजुङ रनमा युकेबाट संकलन भएको २ लाख ५५ हजार रकमसहित ३ लाख ५ हजार रुपैया सहयोग प्रदान गरिएको गोर्खा भेट्रान युके टिमका सदस्य लोक चेम्जोङले जानकारी दिएका छन् ।   

क्लबका मेनेजर बृद्ध कुमार सुनुवारका अनुसार ६ मार्चमा ताप्लेजुङ रनमा च्यारिटी रन आयोजना भएको थियो भने ९ मार्चमा इलाममा माइभ्याली भेट्रानसँग मैत्रीपुर्ण फुटबल खेल आयोजना भएको थियो । ‘भोली शनिबार हामी धरानमा च्यारिटी मैत्रीपुर्ण फुटबल खेल खेल्दैछौं, यहाँका पुर्वाञ्चल बहिरा विद्यालय र सुस्त मनस्थिति बाल कल्याण विद्यालयलाई सहयोग जुटाउने उद्देश्य रहेको छ । 

बेलायतमा एक, दुई पाउण्ड गर्दै सहयोग उठाएको गोर्खा भेट्रान युके टिमका छवि लिम्बुले पत्रकार सम्मेलनमा नै बताएका छन । उनले यसअघि पनि काठमाण्डौंमा सिआरसि (चाइल्ड रेस्कु सेन्टर)लाई पनि सहयोग गरिएको जानकारी दिए ।   

शनिवार दिउसो साँढे २ बजेदेखि हुने भ्यट्रान फुटवल मार्फत च्यारिटीको लागि सहयोग गरिने कार्यक्रममा न्युनतम २ सय रुपैयाको टिकट बिक्री गरेको आयोजक तथा सहयोगी ’धरान भेट्रान खेलाडी रोमी मोत्तानले जानकारी दिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *