पूर्वयुवराज पारसले पशुपति मन्दिर परिसरमा झाडु लगाउँदा…

फागुन २५, काठमाडौं । विभिन्न कामले चर्चामा आइरहने पूर्वयुवराज पारस शाह एक पटक फेरी चर्चामा आएका छन् । शनिबार उनी धेरैको ध्यान तान्ने हुलियामा पशुपतिनाथ परिसरमा देखिए ।   

लामो कपालमा देखिनु स्वाभाविक हो जुन उनको पुरानै हुलिया हो तर, शनिबार उनले पछ्यौरा ओढे । सिमसिम पानी परिरहेका बेला त्यहि हुलियामा गाडी चढेर पशुपतिनाथ मन्दिर परिसर पुगेका पारस शाह सरसफाइ कार्यक्रममा समेत सरिक भए ।   

सरसफाइ अभियान्ता केपी खनालको निम्तो स्वीकारेर पूर्वयुवराज शाह  पशुपतिनाथ मन्दिर पुगेका हुन् । सुरूमा खनालले नै पारसलाई माला लगाइदिएर स्वागत गरे । सो क्रममा पूर्वयुवराज पारसले पनि कुचो समातेर बढारेका थिए । 

पछ्यौरा ओढेर झाडुले सफाइ गरिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले सफाइ टोलीसँग केही समय बिताएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *