अभिनेता ह्यान्स दम्पत्तिमा देखियो कोरोना संक्रमण
२०७६ फागुन २९ गते

फागुन २९, काठमाडौं । चर्चित हलिउड अभिनेता टम ह्यान्स र उनकी श्रीमती रिता विल्सनलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
टमले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफू र आफ्नी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका हुन् । केहीदिनदेखि सामान्य रुघाखोकीबाट ग्रसित ह्यान्स दम्पत्तिमा स्वास्थ परीक्षण्का क्रममा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।
दैनिक काममा खटिराखेका ६३ वर्षका नायक ह्यान्क्सले सामान्य रुघाखोकी लाग्नेबित्तिकै जचाउँदा कोरोनाको संक्रमण देखिएको इन्स्टाग्राममा लेखेका छन् । उनीहरूले विश्वलाई आफ्नो स्वास्थ अवस्थाबारे थप जानकारी गराइरहने उल्लेख गर्दै सबैलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन् ।

२०७६ फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित








