कोरोना त्रास : आजदेखि प्रचण्डले गर्ने सबै भेटघाट बन्द
२०७६ चैत ६ गते

चैत्र ६, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कोरोनाको सन्त्रास बढेसँगै बिहीबारदेखि अति जरुरी बाहेकका अन्य भेटघाटलाई अनिश्चित कालका लागि स्थगित गरेका छन्।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण प्रचण्डले आजदेखि अत्यावश्यक अवस्था बाहेकका सबै भेटघाटलाई बन्द गरेका हुन् ।
अध्यक्ष प्रचण्डलाई भेट्न दैनिक ठूलो संख्यामा नेकपाका नेता, कार्यकर्ता र सर्वसाधारण उनको निवास पुग्ने गरेका छन्।

प्रचण्डकी छोरीसमेत रहेकी स्वकिय सचिव गंगा दहालले आफ्नो सामाजिक सञ्जाल फेसबुमार्फत जनाकारी गराउँदै लेखेकि छिन्, विश्वभर महामारीका रुपमा फैलिदै गएको कोरोना भाईरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट९अत्यावश्यक बाहेक० हाललाई स्थगित गरिएको छ।’
२०७६ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








