पोर्ट्समाउथको अपराजित यात्रामा पुर्णविराम, आर्सनल क्वार्टरफाईनलमा
२०७६ फागुन २० गते

फागुन २०, काठमाडौं । पोर्ट्समाउथलाई पराजित गर्दै आर्सनल एफ ए कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । गएराती भएको पाँचौ चरणको खेलमा पोर्ट्समाउथलाई २–० गोल अन्तरले पराजित गर्दै आर्सनलले अन्तिम ८ मा स्थान बनाएको हो ।
आर्सनलको जितमा स्रोक्राटिस र एडी नेकेथियाले एक एक गोल गरे । आर्सनल प्रशिक्षक मिकेल आर्टेटाले युवा खेलाडीको प्रर्दशनको प्रशंसा गरे । उनले अधिकांश २० भन्दा मुनीका खेलाडी मैदान उतारेका थिए ।
दोस्रो हाफमा आर्सनलले राम्रो खेल प्रर्दशन गरेको थियो । उनीहरुले घरेलु मैदानमा पछिल्लो १९ खेलमा अपराजित टिमलाई हराएका थिए । अझ पोर्ट्समाउथको पछिल्लो १० खेलको अपराजित यात्रामा समेत पुर्णविराम लागेको छ ।

२०७६ फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित








