मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

एशिया/ओसियाना बक्सिङ्क क्वालिफाईङ्गमा नेपालको विजयी शुरुवात

काठमाडौं । ओलम्पीक २०२० एसिया/ओसियाना बक्सिङ्ग क्वालिफाईङ्ग ईभेन्टमा नेपालका मुक्केवाज सनिल साही ६३ के.जी. तौल समूहमा क्रिगिस्तानका मुक्केवाज काट्रेवेक उलु अर्जेनलाई ४–१ को अन्तरले पराजित गर्दै स्पिलिट डिसिजनको आधारमा विजयी भए । 

जोर्डनको अमान शहरमा भईरहेको खेलमा सनिलले पहिलो राउण्ड २–३ को आधारमा हार व्यहोरे पनि ५–० अंकले दोश्रो राउण्डलाई आफ्नो पक्षमा पार्न सफल उनले तेश्रो राउण्ड पनि आफ्नो पक्षमा पारी क्रिगिस्तानका नम्बर १ खेलाडीलाई पराजित गरे । 

सनिलको अर्काे भिडन्त एशियाका बक्सिङ्कको नम्बर वान र्‍यांकिंगका  खेलाडी ताजाकिस्तान संग मार्च ५ मा हुनेछ ।   

nepal's sanil shahi (blue).jpg

मार्च ५ मा हुने उक्त खेल जित्न सके सनिल ओलम्पीक क्वालिफाईङ्ग हुने सम्भावना अत्याधिक रहेको छ । अहिले सम्म सम्पन्न कुनै पनि ओलम्पीक क्वालिफाईङ्ग खेलमा नेपाली खेलाडीहरुले आफ्नो जित निकाल्न सकेका छैनन् । 

त्यस्तै, ओलम्पीक क्वालिफाईङ्गमा सहभागी नेपालकी अर्काे खेलाडी सुश्री मिनु गुरुङ्ग ले मार्च ४ मा कोरीयाको खेलाडीसंग ५७ के.जी. तौल समुहमा आफ्नो चुनौती पेश गर्नेछिन् । 

प्रतिकृयाहरु
Loading...