मोबाइल बैंकिङ नभए कार्डबाटै यसरी गर्नुस् रिचार्ज

चैत्र १७, काठमाडौ । सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको छ । जसका कारण कुनै पनि मानिस घर बाहिर निस्केका छैनन । बजार जता ततै बन्द छन् । यस्तो बेला सञ्चार सुविधाको पनि समस्या हुने भएकाले नेपाल टेलिकमले नयाँ सेवा प्रदान गरिरहेको छ ।   

कतिको त मोबाइलमा ब्यालेन्स नभएर कसैसँग सम्पर्कमा नहुने अवस्था पनि आइरहेको हुनसक्छ भने कतिको मोबाइलमा मोबाइल बैंकिङ सुविधा पनि हुन सक्छ । तर माबाइल बैंकिङ सुविधा नहुनेहरुले टेलिकमबाट सिधै रिचार्ज गर्न सक्ने छन् । त्यसको ला िभने कार्ड अनिवार्य हुनु पर्दछ ।   

मोबाइलमा ब्यालेन्स नभएर हैरान हुनु भएको छ अथवा ब्यालेन्स रिचार्ज नपाएर चिन्त्ति हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । टेलिकमले घरमै बसी बसी रिचार्ज गर्न सकिने सुविधा पनि दिएको छ ।   

तर यसका लागि उपभोक्तासँग एटिएम कार्ड भने हुनुपर्छ। कार्ड भएका कुनै पनि ग्राहकले नेपाल टेलिकमको वेबसाइट तथा एप्लीकेशनबाट रिचार्ज गर्नसक्ने छन्। 

यसरी गर्ने कार्डबाट रिचार्ज : 

*नेपाल टेलिकमको वेबसाइट वा एप्लिकेशन खोल्ने* अनलाइन रिचार्जमा गएर रिचार्ज विथ कार्डमा क्लिक गर्ने वा सिधै कार्ड पे लेखेको ठाउँमा क्लिक गर्ने* त्यसपछि रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर राख्ने जसलाई भेरिफाइ गर्ने कार्य गर्छ* रिचार्ज रकमको बिकल्प छनौट गर्ने* कार्डको विवरण माग गर्छ जहाँ विवरण भर्ने 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *