पीएसजीले तोक्यो नेइमारको मूल्य, बार्सिलोना जाने सम्भावना कति ?

चैत ३, काठमाडौं । ब्राजिलका सुपरस्टार नेइमारलाई बेच्न पीएसजी तयार भएको छ । ईएसपीएनका अनुसार पीएसजी नेइमारलाई १५० मिलियन युरोमा बेच्न तयार भएको हो । 

पीएसजीको यो निर्णयसँगै नेइमार आउँदो सिजन बार्सिलोना जाने सम्भावना बढेको छ । यस सिजनकै शुरुमा बार्सिलोना जाने प्रयास गरेका नेइमार दुवै क्लबबीच मूल्यमा कुरा नमिल्दा असफल भएको थियो । 

२५० मिलियन युरोको कीर्तिमानी रकममा पीएसजी आएका नेइमारलाई आधा मूल्य घटाएर बेच्न पीएसजी तयार भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्ट अनुसार पीएसजी किलीयन एम्बाप्पेलाई क्लबमै राख्ने र नेइमार जान चाहेमा उनलाई बेच्ने निर्णयमा पुगेको छ ।   

नेइमारलाई भित्र्याउन बार्सिलोनाका कप्तान लियोनेल मेसीले क्लब व्यवस्थापनलाई दबाब दिएको पनि बताइएको छ । मेसीले क्लबले च्याम्पियन्स लिग जित्न नेइमारलाई ल्याउनुपर्ने भनेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *