रिचार्ज रकम बराबरको बोनस र ब्यालेन्स सकिए २ सय सापटी दिन निर्देशन

चैत्र ११, काठमाडौँ । रिचार्ज रकम बराबरको बोनस दिन नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणको मङ्गलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

बढीमा एक महिनाको लागि यस्तो व्यवस्था गर्न निर्देशन दिइएको र मङ्गलवारै सेवा प्रदायकहरूलाई निर्णय पठाइसकिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिएका छन् ।   

बैठकले ब्यालेन्स सकिएमा २ सय रुपैयाँसम्म सापटी दिन पनि टेलिकम कम्पनीहरूलाई निर्देशन दिइएको छ भने सस्तो डाटा प्याकेज घोषणा गर्न प्राधिकरणको पूर्व स्वीकृति नचाहिने व्यवस्था गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *