प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा नेताहरु अस्पताल पुगे

फागुन २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था वुझ्न नेकपा नेताहरु अस्पताल पुगेका छन् ।   

स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहित महेश बस्नेत, निरुदेवी पाल, शान्ता चौधरी, भगवती न्यौपाने लगायत नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् ।   

सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको आज मिर्गौला प्रत्यारोपण गरिएको छ ।   

१३ वर्ष अघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका उनको आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो ।   

उनलाई उनकी भान्जी नाता पर्ने समिक्षाले मिर्गौला दिएकी हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *