नेपाली ग्राहकको रोजाईमा भारतको जोगबनी बजार

फागुन, २४ विराटनगर । नेपाल र भारतको सीमाना जोड्ने भारतको जोगबनी बजारमा दैनिक जस्तो नेपाली ग्राहकको भीड लाग्ने गर्छ ।   

मोरङ्को बेलबारी, बिराटचोक, पथरी, धरान, ईटहरी लगायतका स्थानबाट दैनिक उपभोग्य सामानहरु खरिद गर्नका लागि भारतको जोगबनी जाने गर्दछन् । दैनिक जस्तो २ हजार देखि २५ सय सम्म नेपालीहरुको सामान खरिद गर्ने मुख्य गन्तव्य नै बनिसकेको छ ।   

चिनि, तेल, लत्ताकपडा देखि अन्य घरायसी दैनिक उपभोग्य सामान देखि व्यापारका लागि पनि जोगबनी देखि नै सामानहरु लाने गर्दछन् ।  

धरानकी १३ की माया राई घरमा आवश्यक पर्ने साबुन, तेल, चिनि जस्ता सामानहरु महिना दिनसम्म पुग्नेगरी जोगबनीबाट नै लग्ने गरेको बताउछिन् । उनि भन्छिन् ‘नेपालमा भन्दा यहाँ एक दुई पैसा सस्तो हुने भएकाले धेरै जसो जोगबनी नै अउने गर्छु, ।’ 

धरान १३ कै  तारा राईले थप्छिन् ‘विहान बस चढ्यो भने  दुई घण्टामा धरानबाट आएर पनि सामान किनेर फर्कन भ्याइन्छ, सस्तो पनि पर्छ ।’ त्यस्तै विराटचोकी यशोदा दाहाल पनि धेरै जस्तो घरायसी सामान किन्नका लगि जोगबनी नै आउने गरेको बताउछिन् । उनी भन्छिन् ‘समयको वचत पनि हुने, सस्तो पनि पर्ने ।’   

पूर्वी नेपालको रानी भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष ०७६-७७ मा ९० लाख राजस्व संकलन भएको थियो । भने सो नाकामा दैनिक २० देखि २५ हजार राजस्व संकलन हुने कर चौकी रानी विराटनगरका इनचार्ज शाखा धिकृत खेमराज तिम्सिनाले बताए । उनले भने ‘भर्खरै उद्धघाटन भएको आइसीपि संचालन भए देखि ५ देखि १० लाख सम्म राजस्व बढ्न सक्छ ।   

उनको अनुसार त्यो क्षेत्रमा नाका जोड्ने धेरै तिरको बाटो भएकाले चेकजाँच कडाई हुने गर्दछ, त्यहि आधारले यहाँको तुलनामा त्यहाको राजस्व संकलन बढ्ने भएको हो । हाल रानी भन्सारमा रेलमा आउने सामग्री साथै यात्रु बोकेको सवारी चेकजाँच गर्ने गरेको तिम्सिनाको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *