होसियार, पकेटमारले तपाईलाई पनि निशानामा पार्न सक्छन् !

चैत ५, काठमाडौं । बसमा चढेर यात्रा गर्नेक्रममा पाकेटमारी फरार रहेका पाकेटमार पक्राउ परेका छन् ।  बसमा सवार यात्रुको पाकेटमारी भएको उजुरीको आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले केही घण्टामै पकेटमार पक्राउ गर्न सफल भएको हो ।  

पकेटमारले धादिङको गजुरी ६ का रमेश तामाङको गोजीमा भएको पैसा निकाली भागेका थिए । तर त्यसको केही घण्टामै अनुसन्धान सुरू गरि पाकेटमार पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी बृत्त कालीमाटीका प्रमुख डिएसपी रूगम कुवँरले बताए । 

डिएसपी कुवँरका अनुसार पाकेटमारले तामाङको गोजीबाट ५० हजार लुटेर भागेको लुटेर भागेका थिए । सूचना प्राप्त गरेसंगै परिचालित भएको प्रहरीले पकेटमार नियन्त्रणमा लिन सफल भएको हो । कालीमाटी बृत्तका अनुसार पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका २ घर भई कंलकी बस्ने बर्ष १९ को हिरा हाँयु छन् ।   

null

प्रहरीले सार्वजनिक यातायात र भीडभाडमा हुनहुन्छ भने होसीयार रहन पनि आग्रह गरेको छ । पकेटमारले जो कोहिलाई पनि निशानामा पारी नगद, मोबाइल र गरगहना जस्ता महत्वपूर्ण सामाग्री चोरी हुन सक्छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *