काठमाडौँमा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

फागुन २९, काठमाडौँ । काठमाडौंको दक्षिणकालीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।   

पक्राउ पर्नेमा जिल्ला खोटाङ पौवापोखरी गाउँ पालिका वडा नम्बर ३ घर भई दक्षिणकाली नगरपालिका वडा नम्बर २ पातिङ्गल बिगम फाँट बस्ने बर्ष ३५ को नवीन राई  रहेका छन् ।   

महानगरीय प्रहरी बृत्त कीर्तिपुरका प्रमुख छेदी लाल कामतीका अनुसार गत सोमबार  राईले ३३ वर्षीया उनकी श्रीमती पुष्पा राईको कपालमा समातेर , घिसारी कुटपिट गरि सडकको किनाको झाँडीमा फालि राती बच्चाहरूसंग  घरमा सुत्न गई, भोली पल्ट बिहानै मृतकको शवलाई कोठामा ल्याई राखेको अवस्थाममा प्रहरीले फेला पारेका थिए । 

 पक्राउ परेका राईलाई प्रारम्भिक अनुसन्धान र घटना स्थलको तथ्य र प्रकृतिको आधारमा तत्काल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेकाे बृत्तका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए ।  

अभियुक्त राई  बिगत लामो समय देखि बङ्गुर फार्ममा रेखदेख गर्दै आईरहेका थिए । प्रहरीले मृतक पुष्पाको शव मुख र टाउकोमा चोट लागेको अवस्थामा फेला परेको थियाे  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *