राष्ट्रव्यापी कुङफु शनिबारदेखि

फागुन २२, काठमाडौं । बाल विकास बोर्डिङ हाइ स्कुलको आयोजनामा प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगिता शनिबारदेखि हुने भएको छ । 

आयोजक बाल विकासको २५ औं स्थापना दिवसका अवसरमा हुन लागेको प्रतियोगितामा सान्डामा २० र थाउलोमा १२ गरी ३२ स्पर्धामा प्रतिस्पर्धा हुने बाल विकासका प्रिन्सिपल महेशकुमार श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विभिन्न ४२ विद्यालयका करिब ४ खेलाडीको सहभागिता रहने छ । 

उपत्यका बाहिरबाट आउने खेलाडीलाई खाना र बस्न आयोजकले व्यवस्था गर्ने छ । बूढानीलकण्ठ नगरपालिका वार्ड नं. १, ३ र ५ को प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेलहरु बूढानीलकण्ठस्थित आयोजककै हातामा हुने छ । दुईदिने प्रतियोगितामा नेपाल कुङफु संघको प्राविधिक सहयोग रहने छ । 

1.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *