ब्राजिली स्टार नेयमार बार्सिलोना फर्कन उत्सुक

चैत ९, काठमाडौं । ब्राजिली स्टार नेयमार स्पेनिस क्लब बार्सिलोना फर्किने चर्चा चलिरहेको छ ।   

यसै क्रममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पनि नेइमारको मूल्य तोकेको छ । नेयमार आफै पनि स्पेनिस बार्सिलोना फर्कन उत्सुक देखिएका छन् । नेयमार यस सिजन बार्सिलोना फर्कने तयारीमा छन् । 

क्याटलान क्लब बार्सिलोनाले ठूलो मूल्यमा नेयमारलाई क्लब फर्काउन कोशिश गरिरहेको छ । लिग वान क्लबले बार्सिलोनाका पुर्व स्टारका लागि १ सय ३५ मिलियन पाउण्डको मूल्य तोकेको छ । 

उसले ब्राजिली स्टारलाई सन् २०१७ मा विश्व कीर्तिमानी मूल्य १ सय ९८ मिलियन पाउण्डमा क्लबमा अनुबन्धन गरेको थियो । पछिल्लो एक बर्षयता नेयमार पुरानै क्लब बार्सिलोना फर्कन चाहन्छन् । नेयमारले कुनैपनि हालतमा बार्सिलोना फर्कने सोच बनाएका छन् । 

पीएसजीले नेयमारका लागि १ सय ३५ मिलियन पाउण्डको मुल्य राखिसकेको छ । नेयमार बार्सिलोनाका स्टार मेस्सीसंग पुन जोडिन चाहन्छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *