कोरोना भाईरस लागेको भनिएका बिरामी टेकु र धरानको अस्पतालबाट भागेपछि मानसिक रोगी भएको आशंका

फागुन २३, धरान । टेकु अस्पतालको आइसोलेसन वार्डबाट भागेका व्यक्ति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आई अस्पतालमा भर्ना भएको र पुनः त्यहाबाट पनि भागेपछि सो बिरामी मानसिक रोगी भएको आशांका गरिएको छ ।   

सुनसरीको धरान १० का ती ब्यक्ति दक्षिण कोरियाबाट गत मंगलबार नेपाल आएका थिए । उनलाई कोरोना भाइरसको आशंकामा बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए तर उनी बिहिबार    अस्पतालबाट भागेर धरान आईपुगेका थिए  ।   

कोरोनाको आशंकामा टेकु अस्पताल काठमाडौमा उपचार भईरहदा भागेर धरान आएका उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकोमा त्यहाँबाट पनि उनी भागेपछि उनी मानसिक रोगि भएको आशंका गरिउको हो ।   

प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार भइरहेको अवस्थामा उनी बिहिबार रातीनै भागेका थिए । वीपीबाट भागेपछि अस्पतालमा फेरि पनि हलचल मच्चियो । उनी भागेको करिब एक घण्टा पछि प्रहरीले फेला पारेर पुनः प्रतिष्ठानमा नै उपचारको लागि ल्याएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन । ‘टेक अस्पतालबाट भागेर धरान आएपछि आफै अस्पताल पुगेका थिए, वार्डमा राखेर उपचार भइरहेको बेला फेरि भागेका थिए धरानका डिएसपी न्यौपानेको भनाई छ ।’ 

प्रतिष्ठानका अनुसार कोरोनाका शंकास्पद विरामीको लागि व्यवस्था गरिएको पेइङ वार्डमा राखेर उनको उपचार भइरहेको थियो । टेकुबाट भागेर आएपनि यहाँ उनी आफै उपचार गर्न आएकोले भाग्ने अनुमान थिएन । पेइङ वार्डलाई आइसोलेसन गरेर एउटा मात्र ढोका आउजाउ गर्न खुला गरिएको थियो भने बाहिर सेक्युटिरी गार्ड पनि थिए । ‘गार्ड पनि बाहिरै थिए, तर पनि छलेर भागे प्रतिष्ठानले जानएको छ । पछि उनलाई केही घण्टाको अन्तरालमा  प्रहरीले खोजेर ल्याएका थिए । 

प्रतिष्ठानका चिकित्सकहरुका अनुसार टेकुबाट भागेर पुनः प्रतिष्ठानमा उपचारको लागि आइसके पछि शंका निवारणकै लागि नमुना जाँचको लागि टेकु अस्पतालमा पठाइएको छ । ती व्यक्तिलाई कोरोना भए नभएको पुष्टि गर्न थ्रोट स्वाब जाँचको लागि पठाइएको प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले जानकारी दिए ।   

उनका अनुसार ती व्यक्तिमा कोरोना सम्बन्धी कुनै लक्षण देखा परेको छैन । 

‘उहाँमा कोरोना सम्बन्धी कुनै लक्षण देखिएको छैन । शुरुमा स्क्रिनिङ गर्दा पनि प्रारम्भिक लक्षणहरु ज्वरो आउनेलगायत केही पनि भएको छैन । प्रतिष्ठानका एक चिकित्सकले ती बिरामीलाई कोरोना भन्दा पनि मानसिक समस्या भएको हुनसक्ने बताएका छन् ।   

उता विरामीका आफन्त पनि कोरोना नभएर डिप्रेसनको शिकार भएको बताउछन् ।  उनी कोरिया जानुअघिदेखि नै डिप्रेसनको बिरामी भएको उनका नजिकका आफन्तको भनाई छ ।   

उनीकी जेठानी दिदीले कोरियाबाट काठमाण्डौं फर्केपछि घाँटीमा केही समस्या आएपछि टेकुमा उपचार गराउन गएको र आइसोलेसनमा राखेपछि थप मानसिक त्रासमा परेर भागेर घर आएको बताइन् । ‘मानसिकरुपमा पहिलादेखि नै समस्या थियो, सानो कुरामा पनि अनेक शंका गर्नुहुन्थ्यो,’उनले भनिन्,‘३ बजे इर्मजेन्सीमा भर्ना गरिएको थियो । यहाँ आइसोलेसनमा सारिदिएछन्, तर डाक्टरहरुले आएर नहेरेको र काउसेलिङ पनि भएन । हामी दिनभरि सँगै थियौं, त्यस्तो हो भने हामीलाई किन सँगै बस्न दिइयो ?’ 

उनका जेठानले आमाको मृत्यु पछि मानसिक असर पर्दै गएको र डिप्रेसन भएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *