अत्याधिक रक्सी पिउँदा धनुषामा ५ को मृत्यु

फागुन ३०, जनकपुर । होलिका अवसरमा अत्याधिक मदिरा सेवनले धनुषामा ५ जनाको मृत्यु भएको छ भने, तीन जना सिकिस्त बिरामी परेका छन्। 

मदिरा सेवनबाट  धनुषा क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयाका ५ जनाको मृत्यु भएको हो। 

मदिरा सेवनबाट ३ जनाको बुधबार दिउँसो र २ जनाको बिहीबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।   

अत्याधिक मदिरा सेवनबाट ज्यान जानेमा स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विभाद मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र राजु महरा छन्। 

मदिरा पिउँदा सिकिस्त बिरामी परेका ईन्द्रजीत सदाको चिन्ताजनक अवस्थामा धरानमा उपचार भइसकेको छ। 

सिकिस्त बिरामी परेको स्थानीय सत्रुधन मण्डल र राम इश्वर महराको जानकी मेडिकल शिक्षण अस्पतालको आइसियुमा उपचार भइरहेको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *