कस्तो रहला आजको मौसम ? यस्तो छ तीन दिनको पूर्वानुमान

फागनु २३, काठमाडौं । देशमा पश्चिमी एवं स्थानीय वायुको प्रभाव रहेकाले धेरै स्थानको मौसममा बदली रहने भएको छ ।   

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मध्य तथा पुर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंसिक बदली रहेको छ । 

केहि स्थानहरुमा मेघगर्जन,चट्याङ्र हावाहुरी र असिनासहित वर्षा तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन पूर्वानुमान महाशाखा अनुरोध गरेको छ ।   

null

यस्तो छ तीन दिनको पूर्वानुमान  :- 

फागुन २३गते (शुक्रबार) 

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमीभू-भागका केहि स्थानहरुमा साथैमध्य तथा पुर्वीभू-भागकाथोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । 

रातीः देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रहि देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

फागुन २४गते (शनिबार) 

दिउँसोः देशभर सामान्यबदली रहीदेशकाकेही स्थानहरुमामेघगर्जन/चट्याङ्/हावाहुरी/असिनासहितवर्षाकोसम्भावना रहेको छ । उच्च पहाडीतथा हिमालीभू-भागकाकेहीस्थानहरुमाहल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पुर्वी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु-भागका एक/दुईस्थानमा मेघगर्जन/चट्याङ/सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागकाथोरैस्थानहरुमा हल्काहिमपातको सम्भावना रहन्छ । 

फागुन २५गते (आइतबार) 

दिउँसोः देशको पुर्वी पहाडी भू-भागमा आंसिक देखि सामान्यबदली रहीबाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेने छ । पुर्वी पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ । 

रातीः  देशको पुर्वी पहाडी भू-भागमा आंसिक बदली रहीबाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *