कोरोना भाइरस : आफूखुसी खोलिएका कोषको रकम केन्द्रीय कोषमा जम्मा गर्न निर्देशन
२०७६ चैत ११ गते

काठमाडौँ । सरकारले कोरोनासम्बन्धी आफूखुसी खोलिएका राहत कोष बन्द गरी रकम केन्द्रीय कोषमा जम्मा गन निर्देशन दिएको छ ।
मंगलबार बसेको कोरोनासम्बन्धी उच्चस्तरीय समितिको बैठकले सरकारले नै कोष बनाइसकेको अवस्थामा अरूले बनाइरहनु जरुरी नहुने भन्दै त्यसरी खोलिएको कोष बन्द गर्ने निर्देशन दिएको हो ।
सरकारका प्रवक्ता अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले सरकारले बनाएकै कोषमा आर्थिक सहयोग गर्न सकिने बताएका हुन्।

मन्त्री खतिवडाले भने, ‘सरकारले कोष बनाइसकेको अवस्थामा सबै संस्थाले यसैमा आर्थिक सङ्कलन गर्नु राम्रो हुन्छ, कुनै संस्थाले यसबिचमा कोष खडा गरेको भए केन्द्रीय कोषमा एक साताभित्र रकम जम्मा गरिसक्नुपर्छ।’
२०७६ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित








