कोरोनालाई मजाकमा लिइरहेका छौं, हाम्रोपनि हालत इटालीकै जस्तो नहोला भन्न सकिन्न

चैत्र १०, काठमाडौं । अहिले नेपालको अवस्था जस्तो छ, १५–२० दिन अगाडि इटालीको अवस्था पनि त्यस्तै थियो । सरकारले हरेक ठाउँमा बन्द गरेको थियो । मानिसलाई काम नपरी बाहिर ननिस्कन भनेको थियो । साबुनपानीले हात धुन, मास्क लगाउन भनेको थियो । 

भेला नहुन भनेको थियो, घर भित्रै बस्न भनेको थियो । तर, अहिले हामीले कोरोना भाइरसलाई जस्तो सामान्य सोचेका छौँ, उनिहरुले पनि त्यस्तै सामान्य सोचेर सरकारलाई टेरेनन, बाहिर निस्कन र हिँड्न छोडेनन, रेस्टुरेन्ट जान भेला हुन गोष्ठी गर्न छोडेनन ।   

अब अहिले हेर्नुस् इटालीको हालत कस्तो छ, हरेक दिन ३–४०० मनिसहरुले ज्यान गुमाइरहेका छन । भाइरसका कारण मर्नेको संख्या १५ दिनको अवधीमै चिनको भन्दा धेरै भैसकेको छ । पछिल्लो २४ घन्टामा मात्रै ७५० जना जतिले ज्यान गुमाएका छन । सजिलो छैन यो मरण, तपाईलाई कोरोना लाग्यो भनेर थाहा पाउने बित्तिकै परिवारसँग भेट्न दिँदैनन । मरेपछी पनि घर लैजान दिँदैनन । १ जनालाई लागिहाल्यो भने फैलिन धेरै समय लाग्दैन । 

null

नेपाल सानो देश, त्यसैमाथी हामीसँग कुनै प्रविधि छैन, त्यसैले हामी र हाम्रो देश सखाप हुन कत्ती पनि समय लाग्दैन । अहिले हाम्रो सरकारले पनि हामीलाइ धेरै सुझावहरु दिइराखेको छ । तर, हामीले त्यसलाई मजाकमा लिइरहेका छौं, यस्तै गर्यौं भने हाम्रो हालत पनि इटालीको जस्तो नहोला भन्न सकिँदैन ।   

त्यसैले हामी पनि अहिल्यै बाट सचेत होऔं । जथाभावी बाहिर ननिस्कौं । बेलाबेलामा साबुनपानीले हात धोऔ र आफुले समातेका बस्तुहरुमा कुनै किटाणु छैनन् भन्ने निश्चित होऔ । मास्कको प्रयोग गरौ ।   

भिटामीन सि युक्त खानेकुराहरु जस्तै टमाटर, खुर्सानी, सिम्ला, कागती, सुन्तला, किवि, काउली, ब्रोकाउली, इत्यादिको सेवन गरौं । घरमै बसौ र यो प्रकोपलाई निम्तिन नदिऔ । आफू पनि सुरक्षित रहौ र अरुलाई पनि सुरक्षित हुन निर्देशन दिऔ । नत्रभने हामी नेपालीको अस्तित्व पनि संकटमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *