एशिया इस्टर्न रीजन टी २० : नेपाल हङ्कङसँग पराजित

फागुन १८, काठमाडौं । १ सय ५५ रनको लक्ष्य भेट्टाउन नसक्दा नेपालले दोश्रो खेलमा पनि हार व्यहोरेको छ । थाइल्याण्डमा जारी एशिया इस्टर्न रीजन टी २० क्रिकेट प्रतियोगिताको आईतबार भएको दाेश्रो खेलमा नेपाल हङ्कङसँग ४३ रनले पराजित भएको हो ।   

हङ्कङले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमै अलआउट भयो । 

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यसअतिरिक्त कुशल मल्लले १९, अविनाश बोहराले १२ र आरिफ शेखले १० रनको योगदान गरे ।   

यसअघि पहिला ब्याटिङ गर्दै हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो । 

नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई विकेट लिए भने कुशल मल्लले एक विकेट हात पारे ।   

जारी प्रतियोगिताको पहिलो खेलमा मलेसियासँग नेपाल २२ रनले पराजित भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *