किड्जीका बालबालिकालाई कोरोना सचेतना दिन नमस्ते


फागुन ३०, धरान । बालबालिकाहरुलाई कोरोना भाइरसबाट कसरी बच्ने सन्दर्भमा धरान स्थित किड्जी मन्टेश्वरीले आज सचेतना दिएको छ । किड्जीमा अध्ययनरत बालबालिकाहरुलाई कोरोना भाइरसबाट जोगिन माक्स लगाउनु पर्ने, स्यानिटाइजरले हात धुनुपर्ने लगायतको बारेमा मन्टेश्वरीका शिक्षिकाहरुले सिकाएका थिए ।
धरान १८ घोपा क्याम्प हाताभित्र सञ्चालनमा रहेका किड्जीले मन्टेश्वरी तहमा अध्ययनरत बालबालिकाको स्वास्थ्य अवस्था प्रति सचेत रहँदै विश्वब्यापी महामारीका रुपमा देखापरेको कोरोना बाट पटकपटक हात धुनुपर्ने तथा माक्स लगाएर बस्नुपर्ने सिकाइएको थियो ।
किड्जीकी प्रिन्सिपल अनामिका पाण्डे लगायत शिक्षिकाले बालबालिकालाई एकापसमा हात हैन नमस्ते गरेर अभिभादन गर्न पनि सिकाएका थिए । पछिल्लो समय कोरोना भाइरस संक्रमणका कारण विश्वभर एकापसमा भेटघाट हुँदा हात मिलाउने अर्थात ह्याण्डस चेक नगर्न भनिएको छ । त्यसको विकल्पमा पूर्वीय सभ्यता अनुसार दुई हात जोडेर नमस्कार गर्न भनिएको छ ।
अहिले युरोप, अमेरिका, अस्ट्रेलिया, जापान जस्ता देशहरुमा समेत विशिष्ट ब्यक्तिहरुले भेटघाट गर्दा नमस्ते गर्न थालेका छन् ।
