टोकियो ओलम्पिक्सको नयाँ मिति तय, अब अर्काे वर्षको जुलाईबाट हुने

चैत १८, काठमाडौं । टोकियो ओलम्पिक्सको नयाँ मिति तय भएको छ । ओलम्पिक्स अब सन् २०२१ को जुलाई २३ बाट सुरु भएर अगस्ट ८ मा समापन हुने भएको हो ।   

कोरोना भाइरसको संक्रमणका कारण टोकियो ओलम्पिक्स एक वर्ष पछाडि सारिएको हो । अन्तर्राष्ट्रिय ओलम्पिक्स कमिटी (आईओसी)को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । एक वर्षपछि आयोजना भए पनि प्रतियोगिताको नाम भने टोकियो ओलम्पिक्स २०२० नै रहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =