अब खाद्यान्न पसल दिनभर खुल्ने

चैत १२, काठमाडौं । लकडाउनको बेला पनि खाद्यान्न पसल दिनभर खोल्न दिइने भएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि अब दिनभर पसल खोल्न दिइने भएको हो । 

सरकारले अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु आजबाट निर्बाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ । ‘लकडाउन’को पहिलो दिन कतिपय आवश्यक खाद्यवस्तु बिक्री हुने पसल समेत बन्द देखिएपछि गृह मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापनलगायत कारोबार गर्ने पसलहरु बन्द नहुने स्पष्ट पारेको हो ।   

गृह मन्त्रालयका सहप्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘पहिलो दिन भएकाले आवश्यक वस्तु र सेवा सञ्चालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएको पनि देखिएका छन्’ अब खाद्य पसलहरू पनि सदा झैँ निर्वाद सञ्चालक गर्न अनुरोध छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *