कोरोनाको त्रास : रियल म्याड्रिड र युभेन्टसका खेल स्थगित

फागुन ३०, काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत दुई खेल स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि लिगका दुई खेल स्थगित गरिएको हो ।   

रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीचको तथा युभेन्टस र लियोनबीचको खेल समेत स्थगित गरिएको हो । रियल म्याड्रिडका सबै खेलाडी आइसोलेसनमा राखिएको जनाइएको छ । युइएफएले दुवै खेल स्थगित भएको जानकारी दिएको छ । 

युरोपमा बढेको कोरोनाको संक्रमणका कारण सिरी ए, ला लिगा स्थगित गरिएको छ भने अब प्रिमियर लिगमा समेत यसको असर देखिन थालेको छ ।युइएफएले च्याम्पियन्स लिग र युरो कप समेत खेल नियमित गर्ने या नगर्ने भन्नेबारे सबै स्टेक होल्डरसँग छलफल गरेर निर्णय गर्न बैठक बोलाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *