एकेडेमिया र पाटन फाइनलमा

फागुन २७, काठमाडौं । एकेडेमिया र पाटन बहुमुखि क्याम्पस आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी– २० क्रिकेट प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । 

न्यु समिट कलेजको आयोजनामा मुलपानीमा भइरहेको प्रतियोगितामा एकेडेमियाले भक्तपुरलाई २८ रनले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको एकेडेमियाले १९.२ ओभरमा अलआउट हुनुअघि १ सय २६ रन बनायो । ‘म्यान अफ द म्याच’ चिन्तामणि विश्वकर्माले ४० तथा भुवन शाहीले २३ रन बनाए । पूरै ओभरमा ७ विकेट क्षतिमा भक्तपुरले ९८ रन बनायो । सौरभ श्रेष्ठले नटआउट २० रन जोडे । 

अर्को सेमिफाइनलमा पाटनले अस्कललाई ४१ रनले हरायो । पाटनले १८ ओभरमा १० विकेट गुमाउदै ९३ रन जोड्यो । हिमाल ज्ञवालीले १८ तथा राजु शाहले १७ रन बटुले । अस्कल १३ ओभरमा सबै विकेट गुमाएर ५२ रनमा समेटियो । अर्पण अधिकारीले २७ तथा आशिष साउदले १३ स्कोर गरे । 

3.jpg

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *