एफए कप : सिटी र लेस्टर क्वाटरफाइनलमा, टोटेनहम बाहिरियो

फागुन २२, काठमाडौं । म्यानचेस्टर सिटी र लेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छ्न । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड वेनस्डे र लेस्टर सिटीले बर्मिङहमलाई समान १-० ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् ।   

प्रिमियर लिग क्लब टोटेनहम हस्टपर भने प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । टोटेनहम नर्विच सिटीसँग पेनाल्टी सुटआउटमा ३-२ ले स्तब्ध हुदै एफए कपबाट बाहिरिएको हो । 

सिटीको जितमा सर्जियो अग्युरोले खेलको ५३ औं मिनेटमा विजयी गोल गरे । साविक विजेताले पहिलो हाफमा खासै राम्रो आक्रमण बुन्न सकेन । चालू सिजन अग्युरोको २३ औं गोल पुरा गरेका छन् । अर्को खेलमा रिकार्डो पेरेराले खेल सकिन ८ मिनेट बाँकी रहँदा गरेको गोल नै लेस्टरलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो । 

यस्तै टोटेनहम र नर्विचबीचको निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा नर्विचका एडम उचे इडाह, मार्को स्टेपेरमान र टोड क्यान्टवेलले गोल गर्दा केनी म्याक्लिनले गोल गर्न सकेनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =