डाक्टरको लापरबाहीले विरामीको मृत्यु भएको भन्दै सिभिल अस्पतालमा प्रदर्शन

फागुन १८, काठमाडौं । काठमाडौं नयाँ वानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा विरामीको मृत्यु भएपछि विरोध प्रदर्शन भएको छ ।
विरामीका आफन्तले डाक्टरको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै अस्पतालमा प्रदर्शन गरेका हुन् ।
आइतबार विहान ११ बजे आफैं उपचारका लागि आएका सिन्धुपाल्चोकका अर्जुन खड्काको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् ।

डाक्टरको लापरबाहीले खड्काको मृत्यु भएका भन्दै उनीहरुले उपचारमा संलग्न डाक्टरलाई कारबाही र लाइसेन्स खारेज गर्नुपर्ने अडाान गरेका छन् । मृतकका ज्वाइँ देवेन्द्र खड्काका अनुसार आफैं हिँडेर उपचार गर्न आएका अर्जुनको अस्पतालमा इसीजी गरिएको थियो ।
इसिजी रिपोर्ट २ घण्टापछि आउँछ भनिएकोमा रिपोर्ट आउनुअघि नै विरामीको मृत्यु भएको हो । अहिले आफन्तले अस्पताल प्रशासनसँग छलफल गरिरहेको छ । भित्र वार्ता चलिरहेका बेला मृतकका आफन्तले अस्पतालबाहिर प्रदर्शन गरेका छन् ।








