औषधिलाई टुक्राएर खानु स्वास्थयको लागि हानिकारक

 फागुन २० । औषधिलाई टुक्रा पारेर खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । औषधि किन्न जाँदा चाहिने मात्राको नपाएपछि, बच्चाहरूलाई खुवाउनका लागि, वा निल्न गाह्रो भयो भनेर टुक्रा पारेर खाने गरिन्छ । 

सानो बच्चाहरूलाइ धेरै मिलिग्रामको औषधिले असर गर्छ भनेर औषधि दिँदा टुक्रा पारेर ख्वाउने चलन छ । ‘जर्नल अफ एडभान्स नर्सिङ’ मा प्रकाशित गरिएको अध्ययनका अनुसार औषधिलाई टुक्राएर खाँदा गम्भीर प्रभाव हुने उल्लेख गरिएको छ । 

अनुसन्धान अनुसार औषधिको गलत मात्रा लिनाले औषधि र विषबीच केही पनि अन्तर नरहने पाइएको छ  । जतिसुकै प्रयास गर्दा पनि औषधिलाई बराबर भागमा टुक्रा पार्न सकिँदैन । 

अनुसन्धानमा अनुसन्धानकर्ताहरूले औषधिलाई बराबर भागमा टुक्रा गर्न विशेष प्रकारको चक्कु, औजार र कैंचीको समेत उपयोग गरे पनि बराबर मात्रामा काट्न सकिएन । अनुसन्धानकर्ताहरूका अनुसार कुनै पनि औषधिलाई दुई वा दुईभन्दा बढी भागमा टुक्राएर खानु धेरै घातक हुने र यसले शरीरमा नकारात्मक असर गर्ने बताएका छन् । 

औषधिलाई टुक्राएर खाने गर्दा औषधिको गलत मात्रा शरीरमा पुग्छ । औषधिलाई टुक्राएर खाँदा औषधिको १५ देखि २५ प्रतिशत बढी अथवा घटी मात्रा शरीरमा पुग्ने हुँदा यसले रोग निको पार्नुभन्दा पनि अझ गम्भीर समस्या उत्पन्न गराउन सक्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seventeen =