कोरोना प्रभाव : क्यानद्वारा सम्पूर्ण क्रिकेट गतिविधि स्थगित

चैत ७, काठमाडौं । कोरोना भाइरसको बढ्दो प्रभावलाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले सम्पूर्ण क्रिकेट गतिविधि स्थगित गरेको छ । एक सूचना जारी गर्दै क्यानले गतिविधि अनिश्चित समयसम्मको लागि स्थगित गरेको जनाएको हो ।   

कोराना भाइरसलाई मध्ये नजर गर्दै अर्को सूचना नआएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ । यस्तै क्यानले केन्द्र, प्रदेश र जिल्लाको सचिवालय समेत बन्द गरिएको छ । 

विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि क्यानले सम्पूर्ण गतिविधि बन्द गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *