प्रदेश २ को छनोट पूरा, एकेडेमिया र अमृतको जित, सुष्मा फाइनलमा

फागुन २०, काठमाडौं । चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङका लागि प्रदेश २ बाट ८ पुरुष र ६ महिला गरी १४ खेलाडी छनोट भएका छन् । 

पुरुष ४९ केजीमा हरि राई, ५२ केजीमा सुवास तामाङ, ५६ केजीमा अमन अली, ६० केजीमा अमर शाह, ६४ केजीमा सन्जोग रिस्ता, ६९ केजीमा करण कार्की, ७५ केजीमा मोहन तामाङ र ८१ केजीमा विमलकुमार मण्डल छनोट भए ।  

महिला ४८ केजीमा रमिशा श्रेष्ठ, ५१ केजीमा सुमिना खड्का, ५४ केजीमा लाक्पा डिकी शेर्पा, ५७ केजीमा सदिना मल्ल, ६० केजीमा डाचिन शेर्पा र ६४ केजीमा अप्राजिता घतानी छानिए । 

9.JPG

सुष्मा फाइनलमा 

चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि भएको बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताको महिला ४८ केजीमा काठमाडौंकी सुष्मा तामाङ मंगलबार फाइनलमा प्रवेश गरेकी छन् ।   

भक्तपुरमा भइरहेको प्रतियोगितामा सुष्माले काभ्रेकी प्रतिशा अर्याललाई पराजित गरिन् । अर्को सेमिफाइनल हुन बाँकी छ । 

पुरुष ५६ केजीमा काठमाडौंका सविन रजकले ललितपुरका हिक्मत सिउठाने मगर, सिन्धुपाल्चोकका शक्ति लामाले मकवानपुरका सुचितध्वज कार्की र रामेछापका अजय तामाङले काभ्रेका सजल महर्जनलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरे । 

पुरुष ६० केजीमा सिन्धुपाल्चोकका अंकित शाहीले रामेछापका सोनाम शेर्पा तथा काठमाडौंका मौसम राना मगरले ललितपुरका सन्तोष राईलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । पुरुष ६४ केजीमा चितवनका विवेक गुरुङले भक्तपुरका सन्जोग श्रेष्ठलाई पन्छ्याउदै सेमिफाइनलमा पुगे । 

  

पुरुषमा २८ तथा महिलामा १० खेलाडीको सहभागिता रहेको चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले जनाएका छन् । प्रत्योक तौलसमूहमा पहिलो हुने ८ पुरुष र ६ महिला खेलाडी राष्ट्रिय बक्सिङलाई छानिने छन् । छनोट बिहीबारसम्म चल्ने छ । 

एकेडेमिया र अमृतको जित 

एकेडेमिया कलेज र अमृत साइन्स क्याम्पसले आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगितामा मंगलबार जित हात पारेका छन् । एकेडेमियाले नेपालयलाई ४० रन तथा अमृतले स्वस्तिक कलेजलाई ८ विकेटले पराजित गरे । 

पहिले ब्याटिङ गरेको एकेडेमियाले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा १ सय २२ रन बनायो । नेपालयले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाइ ८२ रनमा समेटियो । 

न्यु समिट कलेजको आयोजनामा मुलपानी भइरहेको प्रतियोगिताको अर्को खेलमा सुरुमा ब्याटिङ गरेको स्वस्तिकले १७ ओभरमा अलआउटहुँदै ७८ रन बनायो । बुधबार हिमालयन कलेज अफ इन्जिनिएरिङ कलेज र पाटन बहुमुखी क्याम्पस तथा सेन्ट लरेन्स र मदन भण्डारी मेमोरियल कलेजबीच खेल हुने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *