टीकापुरमा भाेली हाेरी खेल खेलिँदै

फाइल फोटो । 

फागुन १९, कैलाली । टीकापुरमा यस वर्षको होरी पर्व फागुन २० गते मंगलबार हुने भएको भएको छ। साँस्कृतिक समाज टीकापुरमा बसेको बैठकले फागुन २० गतेबाट हाेरी खेल्ने निर्णय गरेको हाे । समाजका अध्यक्ष प्रेमबहादुर रावलले मंगलबार दिउसो ३ बजे टीकापुरको खुला मैदानमा हाेरी शुरु गरिने जानकारी दिए । 

सयौंको स‌ख्यामा भेला भएका मानिसले लय र ताल मिलाएर खेलिने टीकापुरको हाेरी पाको पुस्तामा एकदमै लोकप्रिय छ । युवाहरु भने न्याउल्यातिर बढी रमाउने गर्दछन् । सबै पुस्ताका मानिसहरु भेला हुने र लगातार हप्तादिनसम्म हाेरी खेलिने हुँदा स्थानीय प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन चुनौतिपूर्ण बन्दै गएको छ । हजाराै‌ मानिस भेला हुने र सयौं मानिसले एकैचाेटी हाेरी खेल्ने भएकाले दुबैतिर देउडा सुनाउन पनि मुश्किल परिरहेको छ । 

वर्षेनी फागू पूर्णिमाका बेला खेलिने होरीमा दुईवर्ष अघि भएको घटनाका कारण रातीको खेल भने छोट्टिदै गएको छ । केही दिनअघि इलाका प्रहरी कार्यालय टीकापुरमा बसेको सर्बदलीय, सर्वपक्षीय बैठकले यसवर्ष राती ८ बजेसम्म मात्रै होरी खेल्ने निर्णय गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =