सुजनाको बिजयी सुरुवात

फागुन २३, काठमाडाैँ ।  सुजना लोहनीले हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगितामा शुक्रबार बिजयी सुरुवात गरेकी छन् । 

काठमाडौं जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगिताको पहिलो चरणको खेलमा सुजनाले विभा भट्टराईलाई पराजित गरिन् । जितसंगै सुजनाले १ अंक जोडिन् । त्यस्तै सिन्डिरा जोशीले नयन्शा भट्टराई, विनिता कपालीले कुसुम दाहाल, कृतिसरा अधिकारीले रिया झा, आभा पुडासैनीले सन्ध्या केसी, सुशिला गुरुङले अनुषा लामा, ज्योति लामिछानेले अन्जु शाह र सविना बजगाईंले रोमिका त्वानाबासुलाई सुरुआती चरणमा हराउदै समान १–१ अंक बटुलेका छन् । 

शीर्ष ५ स्थानमा रहने खेलाडीले क्रमशः २५ हजार, १५ हजार, ८ हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । शीर्ष तीनमा रहने खेलाडीलाई बेलुन नेपाल प्रा।लि। का निर्देशक सविन महर्जनले ११ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गर्ने घोषणा गरे । 

प्रतियोगिताको पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौलाले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । 

प्रतियोगितामा ३९ खेलाडीको सहभागिता रहेको आयोजक काठमाडौं जिल्ला संघका अध्यक्ष नारायण श्रेष्ठले जनाएका छन् । अध्यक्ष श्रेष्ठले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने बताए । आयोजकका अनुसार महिलाको मात्रै छुट्टै राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता १२ वर्षपछि भएको हो । 

प्रतियोगितामा यु–१२, यु–१४ र यु–१६ उमेरसमूहमा पनि प्रतिस्पर्धा भइरहेको छ । उमेरसमूहमा पनि नगद पुरस्कार राखिएको छ । प्रतियोगिताको समापन अन्तर्राष्ट्रिय नारी दिवसका दिन आइतबार हुने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *