दीपिकाले रद्द गरिन् कोरोना भाइरसको कारणले ‘पेरिस फेसन विक’

फाेटाे स्राेत: गुगल 

फागुन २०, भारत ।  बलिउड नायिका दीपिका पादुकोण यस वर्ष पेरिस फेसन विकमा भाग लिन गएकी छैनन् । संसारभरी फैलिरहेको कोरोना भाइरसको खतरा हेर्दै उनले त्यहाँ जाने योजना रद्द गरेकी हुन् । उनी लक्जरी फेशन ब्रान्ड ‘लुई वितों’ को निमन्त्रणमा त्यहाँ जाने तयारीमा थिइन् । २४ फेब्रुअरीदेखि फ्रान्सको राजधानीमा सुरु भयो यो कार्यक्रम मार्च ३ सम्म चल्नेछ । 

यसबारे जानकारी दिँदै दीपिकाका अधिकारिक प्रवक्ताले भने, ‘दीपिका पादुकोण फ्रान्समा चलिरहेको पेरिस फेशन विकको क्रममा लुई पितोंको एफडब्ल्यू २०२० शोमा भाग लिन त्यहाँ जाने योजनामा थिइन् तर कोरोना भाइरसको महामारी अब फ्रान्समा एक नयाँ चरणमा प्रवेश गरिरहेको छ, त्यसकारण उनले आफ्नो यात्रा रद्द गर्नुपरेको हो ।’ 

Image result for दीपिका पादुकोण

नयाँ फिल्मः 

दीपिका चाँडै नै आफ्नो नयाँ फिल्म ‘८३’ मा देखिनेछिन् । जसमा उनी कपिल देवकी श्रीमती रोमी देवको भूमिका निभाइरहेको देख्न सकिन्छ । यसबाहेक उनी हलिउडको हिट कमेडी फिल्म ‘द इन्टर्न’ को आधिकारिक हिन्दी रिमेकमा पनि काम गर्नेछिन् । जसमा उनीसँग ऋषि कपुर देखिनेछन् । यो फिल्म सन् २०२१ मा रिलिज हुनेछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *