प्राइम र लरेन्स सफल


फागुन १८, काठमाडौं । प्राइम कलेज र सेन्ट लरेन्स कलेजले आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगितामा आइतबार सफलता पाएका छन् ।
मुलपानी क्रिकेट मैदानमा प्राइमले नेपालयलाई ७ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको नेपालयले ११.३ ओभरमा अलआउट हुनुअघि ६२ रनको योगफल खडा गरेको थियो ।
प्राइमले ११ ओभरमा ३ विवेट क्षतिमा लक्ष्य भेटायो । ४ विकेट लिएका प्राइमका अभिनन्दन खतिवडा ‘म्यान अफ द म्याच’ घोषित भए ।
न्यु समिट कलेजद्वारा आयोजित प्रतियोगितामा सेन्ट लरेन्सले हिमालयन कलेज अफ इन्जिनिएरिङलाई ७९ रनको फराकिलो अन्तरले हरायो ।
सेन्ट लरेन्सले पूरै २० ओभर खेल्दै १ सय ७४ रन बनाएको थियो । हिमालयन ९५ रन बनाउदै अलआउट भयो । विजेताका किशोर गहतराज ‘म्यान अफ द म्याच’ चुनिए । उनले ४ विकेट हात पारे ।
कास्की सेमिफाइनलमा
फागुन १८, काठमाडौं । कास्की प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । कास्की सेमिफाइनल पुग्ने अन्तिम टोली हो । कास्कीअघि आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स, टाइम्स र गोल्डेनगेटले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।
कास्कीले प्रतिस्पर्धात्मक खेलमा सोलो बास्केटबल नेपाललाई ८४–८१ ले पराजित ग¥यो । जितसंगै कास्की समूह ‘बी’ को उपविजेता भयो । पहिलो क्वाटरमा २६–१९ को अग्रता लिएको कास्की दोश्रोमा १४–१८ र तेश्रोमा २०–२४ ले पछि पर्यो । चौथो तथा अन्तिम क्वाटरमा कास्कीले २४–२० को अग्रता लिदै सेमिफाइनलमा स्थान निश्चित गर्यो । कास्कीको जितमा सागर विकले २१ अंक योगदान गरे । कास्कीकै राजेन्द्र पुन फ्रेस बाइट्स ‘म्यान अफ द म्याच’ घोषित भए ।
सेमिफाइनलमा कास्कीको भेट टाइम्ससंग हुने छ । अर्को सेमिफाइनल रोयल र गोल्डेनगेटबीच हुने छ । दुवै सेमिफाइनल सोमबार हुने छ । अर्को अर्थहीन खेलमा बापेकले बूढानीलकण्ठ बास्केटबल क्याम्पलाई ७२–४५ ले हरायो । विजेताका सुदिप पौडेलले २२ स्कोर गरे । बापककै सजल केसी फ्रेस बाइट्स ‘म्यान अफ द म्याच’ चुनिए ।
