सेनिटाइजर र माक्स अभाव भएपछि कोसी अञ्चल अस्पतालले आफैं उत्पादन शुरु गर्यो


फागुन ३०, विराटनगर । कोरोना भाइरसको संक्रमणको त्रासले बजारमा सेनिटाइजर र माक्सको अभाव भएपनि कोसी अञ्चल अस्पतालले सेनिटाइजर र माक्सको उत्पादन शुरु गरेको छ । अस्पतालले माक्स र सेनिटाइजरमा प्रयोग हुने सामग्री खरिद गरि उक्त सामग्री बनाउन शुरु गरेको हो ।
चिकित्सक र कर्मचारीको सहयोगमा अस्पतालले शुक्रबारबाट विभिन्न केमिकलको प्रयोग गरी २० लिटर सेनिटाइजर उत्पादन गरेको कोशी अञ्चल अस्पतालका मेसु डा. संगिता मिश्राले बताइन् ।
‘विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार विभिन्न केमिकल मिसाएर सेनिटाइजर उत्पादन गरिएको हो ।’ उनले भनिन् । अस्पतालले आजै मात्र एक हजार थान डवल लेयरको माक्स समेत बनाएको छ ।
अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी तथा विरामीहरुका लागि सेनेटाइजर उत्पादन गरिएको हो । उत्पादन सेनिटाइजर र माक्स एक कार्यक्रम माझ डा. सुनिता मिश्रा, प्रदेश १ का सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहतालाई हस्तान्तरण गरिएको छ ।
सेनिटाइजर उत्पादनकालागि हाइट्रोजन प्यारासाइड, स्प्रिट तथा ग्लिसिरिङ जस्ता सामग्री प्रयोग गरिएको छ ।
कोरोना भाइरस संक्रमण विरामीको चेकजाँचका लागि ल्याव समेत सञ्चालनमा अस्पतालले सञ्चालनमा ल्याएको छ । हेण्डवास बजारमा तत्काल आवश्यक भएको र बजारमा ६ सय प्रतिशतले मुल्य वृद्दि भएकाले अस्पतालले सेनिटाइजर उत्पादन गरिएको डा. लक्ष्मी नारायण यादवले बताए । कोसी अञ्चल अस्पतालमा दैनिक उपचारकालागि दुई हजार बढि विरामी उपचारका लागि आउने गर्दछन ।
