कोरोना प्रभाव : श्रम स्वीकृति बन्द, ‘नो अब्जेक्सन लेटर’ पनि नदिइने

फागुन ३०, काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारमा जानेलाई दिइने श्रम स्वीकृति अनिश्चित कालका लागि स्थगित गरेको छ । कोरोना भाइरसले विश्वव्यापी महामारीको लिन थालेसँगै सरकारले पनि अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति दिन बन्द हो । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको घोषणा गरिसकेको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । श्रम स्वीकृतिका साथसाथै विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीका लागि दिइने ‘नो अब्जेक्सन सर्टिफिकेट’ पनि रोकिएको छ । अब अप्रिल ३० सम्म ‘नो अब्जेक्सन सर्टिफिकेट’ नदिने निर्णय भएको हो ।   

सरकारले नेपालमा आउने सबै विदेशी र गैरआवासीय नेपालीसमेतलाई प्रवेश विन्दुमा दिइने अनअराइभल भिसा आउँदो शनिबार राति १२ बजेदेखि अप्रिल ३० सम्मका लागि बन्द गरेको छ । साथै विदेशमा रहेका नेपालीहरुलाई पनि अत्यावश्यक बाहेकका अवस्थामा यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *